Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओमानका विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ दुई दिनको कार्यक्रम

ओमानका विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ दुई दिनको कार्यक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०८१ सोमवार • ०६:१०:३७ बजे
  • 751
    SHARES
  • ओमानका विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ दुई दिनको कार्यक्रम

    ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसैदी आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी आज दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन् । परराष्ट्र सचिव लम्सालले साउन २१ गते ओमान गएका बेला विदेशमन्त्री अल्बुसैदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् ।

    images

    विदेशमन्त्री अल्बुसैदी आज दिउँसो ४.४५ बजे नेपाल आइ पुग्नेछन् । उनको बसाई सोल्टी होटलमा हुनेछ । उनले भोलि बिहान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गर्नुका साथै दुई पक्षीय सम्बन्धको विषयमा छलफल हुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटघाट गरी त्यही दिन साँझ उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    नेपालमा ओमनको दूतावास खोल्ने पहल भइरहेको छ । सन् १९७७ देखि दुई देशबिच सम्बन्ध रहँदै आएको छ । तर नेपालमा ओमनको दूतावास छैन । भारतमा रहेको ओमनको दूतावासले नै नेपाललाई हेरिरहेको छ । परराष्ट्र सचिव लम्साल ओमन भ्रमणमा गएका बेला नेपालमा पनि दूतावास खोल्न आग्रह गरेकी थिइन् ।

    ओमनमा २१ हजारभन्दा बढी नेपाली श्रमिक त्यहाँ कार्यरत छन् । श्रम रोजगारलगायतका विषयमा पनि दुई पक्ष बिच भेटघाट हुने बताइएको छ । दुई पक्षीय छलफलमा आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावनाको खोजीको विषयमा पनि छलफल हुने बताइएको छ ।

    दुई पक्ष बिचमा निजी क्षेत्र लगायत विभिन्न सहयोग तथा साझेदारीको बारेमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुई दिनको कार्यक्रम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology