Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनीमा शिवजीकोे स्तम्भको शिलन्यास

बेनीमा शिवजीकोे स्तम्भको शिलन्यास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १८:४०:३८ बजे
  • 4.6K
    SHARES
  • बेनीमा शिवजीकोे स्तम्भको शिलन्यास

    अमित विश्वकर्मा/ म्याग्दी सदरमुकाम बेनीको कालिपुल बसपार्कमा म्याग्दी उद्योग वाणिज्य संघले भगवान शिवजीको स्वरुप झल्कने स्वर्ण स्तम्भको शिलन्यास गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघले स्थापनाको स्वर्ण जयन्तीको अवसरमा भगवान शिवजीको स्वरुप झल्कने स्वर्ण स्तम्भ निर्माण गर्न लागेको हो ।

    उक्त स्तम्भकोे बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले शिलन्यास सोमबार शिलान्यास गर्नु भएको छ । सदरमुकाम बेनीमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी कुल ३ लाख ५२ हजार लागतमा करिब ७ फिट अग्लो स्तम्भ बन्ने संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।
     
     स्तम्भ शिलन्यास कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकुमार विश्वकर्मा, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली लगायतको उपस्थिती रहेको थियो ।

    संघले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वर्ण जयन्तीको अवसरमा बाढीपहिरो पीडितलाई राहत, बिरामीलाई फलफुल वितरण सहित विभिन्न कार्यक्रम गदैं आइरहेको संघका महासचिव लिलाराम गौतमले बताउनु भएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology