Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए एनसिसि कुवेतले १३ सेप्टेम्बरमा भलिबल प्रतियोगिता आयोजना गर्ने

एनआरएनए एनसिसि कुवेतले १३ सेप्टेम्बरमा भलिबल प्रतियोगिता आयोजना गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०८१ मंगलवार • ०३:५९:४६ बजे
  • 1.5K
    SHARES
  • एनआरएनए एनसिसि कुवेतले १३ सेप्टेम्बरमा भलिबल प्रतियोगिता आयोजना गर्ने

    कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

    images

    कुवेतमा भलिबल प्रतियोगिताको हालसम्मकै ठूलो धनराशि पुरस्कार घोषणा गरिएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद ४०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र र दोस्रो हुने टिमले २५१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्ने छ भने तृतीय तथा चौथो हुने टिमले आकर्षक उपहारहरू हात पार्ने छ । 

    यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएको  छ । कुवेतमा रहेका नेपाली भलिबल टिमहरूसँगै भुटानी टिमहरूलाई समेत सहभागिता गराउने प्रयास रहेको जनाउँदै एनसिसि उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने स्पष्ट पारेका छन्।

    उक्त प्रतियोगितामा दर्ता शुल्क मात्र २५ केडी  रहेको छ भने ५ सेप्टेम्बर साँझ ५ बजे नमस्ते नेपाली रेष्टुरेन्ट, महाबुल्लामा टाईसिट हुने जनाएको छ । खेल संचालन १३ सेप्टेम्बर बिहान ८ बजे देखि हुने आयोजकले जनाएको छ । थप जानकारीको  लागि मोबाईल नम्बर 60767749, 67726405, 51003611 मा सम्पर्क गर्न सकिने छ ।

  • सम्बन्धित विषय:

  • # भलिबल प्रतियोगिता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology