Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०८१ शुक्रवार • ०७:०९:४१ बजे
  • 790
    SHARES
  • मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका छन् । प्रहरीका अनुसार गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो ।

    उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको हो ।

    मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology