सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो ।
झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।
चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।