Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चट्याङका कारण सिन्धुलीमा एक जनाको मृत्यु

चट्याङका कारण सिन्धुलीमा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०८१ आइतवार • ०५:२५:४२ बजे
  • 964
    SHARES
  • चट्याङका कारण सिन्धुलीमा एक जनाको मृत्यु

    सिन्धुलीको मरिणमा चट्याङका कारण एक जनाको मृत्यु भएको छ ।

    images

    शनिबार दिउँसो १ः ४९ बजेको समयमा परेको चट्याङका कारण एक पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चट्याङका कारण मरिण गाउँपालिका वडा नम्बर–७ बाह्रबिसेका चन्द्रबहादुर माझीको मृत्यु भएको हो ।

    घरभन्दा एक किलोमिटर दक्षिण तर्फको चौरमा गोठालो गएको अवस्थामा ६५ वर्षका माझी चट्याङका कारण घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चट्याङका कारण घाइते भएका माझीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा २ः२५ बजेको समयमा मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology