Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टान अध्यक्षमा माओवादीले मार्‍यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित

टान अध्यक्षमा माओवादीले मार्‍यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०८१ मंगलवार • ०३:५५:४१ बजे
  • 595
    SHARES
  • टान अध्यक्षमा माओवादीले मार्‍यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित

     ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् ।

    images

    माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।

    कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाई साथ दिएको थियो ।

    पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाएका छन् ।

     

    बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् ।

    प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाएका छन् ।

    द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए ।

     

    महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी

    महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीलाई ५६ मत अन्तरले हराए । शेर्पा ५५० मतसहित विजयी हुँदा सुवेदीले ४९४ मत पाए ।

    सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् ।

    यसैगरी महिला सदस्यमा पवित्रा तामाङ तथा खुला सदस्यहरुमा अम्बिरबहादुर गुरुङ, विनोद कुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।

    प्रचण्डले दिए बधाई

    यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो’ भन्दै अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

    प्रचण्डले सामूहिक तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘तपाईंहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’

  • सम्बन्धित विषय:

  • # उम्मेदवार पराजित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology