Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अनेरास्ववियुले  सुवासचन्द्र नेम्वाङ स्मृती  राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता २०८१ को आयोजना गर्ने

अनेरास्ववियुले  सुवासचन्द्र नेम्वाङ स्मृती  राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता २०८१ को आयोजना गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०८१ मंगलवार • १५:२३:४० बजे
  • 1.1K
    SHARES
  • अनेरास्ववियुले  सुवासचन्द्र नेम्वाङ स्मृती  राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता २०८१ को आयोजना गर्ने

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघिय मामिला विभागले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा समर्पित  राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता यही २०८१ साल भाद्र  २६ , २७, र २८ गते आयोजना गर्ने भएको छ। 

    images

    नेपालको कानुनी र राजनीतिक परिदृश्यमा नेम्वाङको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएक। अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं कानुन विभाग प्रमुख गोपाल नेपालले बताए।


    देशभरिका कानुन संकाय अध्ययन गराउने कलेजहरुले आन्तरिक प्रतिस्पर्धा गरि १६ वटा टिम ले रजिष्ट्रेशन गरि सकेको र ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको स्थान KMC बालकुमारीमा चल्ने नेपालले जानकारी गराए।


    संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ  नेपाली राजनीतिक र कानूनी क्षेत्रमा एक शिखर व्यक्तित्वको रुपमा परिचित छन।  उनि विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष / सभामुख र २०७२ सालमा सभामुख लगाएतको महत्वपुर्ण भूमिकामा   रहदै आएका थिए। 


    विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेकाथिए । २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति र प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनि संविधान सभा निर्वाचन २०६४ र  २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए । प्रतिनिधि सभा निर्वाचन २०७४ र २०७९ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता , पार्टीको उपाध्यक्ष समेत  रहेका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका नेम्वांग सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री समेत रहेका  थिए। लामो समय नेपाली राजनीतिमा सक्रिय रहेका नेता नेम्वांग अनगिन्ति पदीय हैसियत रहेर उदारनिया काम गरेका थिए। 

    कार्यक्रमको उद्देश्य: संविधान निर्माण र विधिको शासन कायम गर्न समर्पित नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङको योगदानलाई सम्मान एवं स्मरण गर्दै विद्यार्थीहरूमा कानुनी शिक्षा र वकालत गर्ने सीपहरू अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता आयोजना गर्न लागिएको  नेपालले बताए। 
    कार्यक्रममा कसरि भाग लिने र उक्त कर्यक्रममा अन्य के-कस्ता सेवा सुविधा रहेका छन भन्ने बारेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जारी सूचना जस्ताको त्यस्तै - योग्यता र टिम दर्ता : नेपालमा स्नातक तहमा BALLB., B.B.M. LL.B., वा B.E.C. LL.B अध्यापन गराउने प्रत्येक शैक्षिक संस्थाका बिद्यार्थीहरु राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगितामा प्रतिष्पर्धा गर्नका निम्ति योग्य छन्। प्रत्येक शैक्षिक संस्थाले रु दश हजार दर्ता शुल्क सहित  चारजना विद्यार्थीहरूको एउटा टिम बनाई टिम दर्ता गराउनु पर्नेछ। एउटा टिमलाई मात्र प्रतियोगितामा समावेश गरिनेछ। प्रत्येक शैक्षिक संस्थाले आज कार्यक्रमको घोषणा एवं पत्रकार सम्मेलन भएको मितिबाट सात दिन भित्र टिम दर्ता गराइसक्नुपर्नेछ। प्रतियोगितामा भाग लिन चाहने सहभागी समूहले कानून विभागले तोकेको म्याद भित्रै कलेजको अनुमति पत्र ,सहभागी समूहका सदस्य र सम्पर्क व्यक्तिको विवरण सहित गुगल फारम भरि टिम दर्ता गराउनुपर्नेछ।

    पुरस्कार :  विजेता टोलीलाई रु ३०,००० र उपविजेतालाई रु २०,००० नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिनेछ। साथै, मौखिक बहसमा र बहसनोटको मुल्याकंनमा सबै भन्दा बढी अंक ल्याउने दुवै समूहलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ। राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिताको सहभागीहरुलाइ समेत सहभागिताको प्रमाणपत्र  प्रदान गरिनेछ।
    प्रतियोगितामा निम्न चरणहरु हुने अवगत गराउदछु - 
    (क) प्रारम्भिक चरण (Preliminary Rounds) 
    (ख) क्वार्टर फाइनल चरण (Quarter Final Rounds) 
    (ग) सेमी-फाइनल चरण (Semi Final Round) 
    (घ) अन्तिम चरण (Final Round) 
    प्रतियोगिता नेपाली भाषामा संचालन हुनेछ। मुट कोर्टमा सहभागी हुने सहभागीहरुको लागि आवासको व्यवस्था आयोजक स्वयमले गर्नेछ। मुट कोर्ट सञ्चालनको दिनको सहभागिको खाना तथा खाजाको व्यवस्था आयोजकले गर्नेछ । काठमाडौ उपत्यका भित्रका सहभागीहरुको लागि आवासको व्यवस्था आयोजकले गर्नेछैन। सहभागी समूहलाई सम्बन्धित विषयमा आवश्यकता अनुसार अभिमूखीकरण समेत दिइनेछ। 
    अन्त्यमा , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रिय कानून तथा संघिय मामिला विभागले यस अर्थपूर्ण मुट कोर्ट प्रतियोगितामा सहभागी हुन देशभरका कानून कलेजहरूलाई आमन्त्रण गर्दछौ।

  • सम्बन्धित विषय:

  • # आयोजना गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology