Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०८१ बुधवार • ०५:०८:५१ बजे
  • 508
    SHARES
  • ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

    नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ ।

    images

    आर्थिक वर्ष २०८१/८२ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ । विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिनको हुन्छ र सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ । ‘शिकारको लागि प्रक्रिया सुरु भयो,’ व्यवस्थापन अधिकृत शेर्पाले भने, ‘सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ ।

    त्यसपछि हामीले निश्चित ब्लक भित्र शिकार खेल्न पाउने अवधि तोकिदिन्छौं ।’ सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघसंस्था छनोट गरिन्छ । टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजान्छ । हालसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र रहेको विभागका व्यवस्थापन शाखा प्रमुख शेर्पा बताउँछन् ।

    ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख)मा शिकार हुँदै आएको छ । विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन् । तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।

    नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका आरक्षका कर्मचारीहरु बताउँछन् ।

    ढोरपाटन शिकार आरक्ष २०४४ सालमा स्थापना भएको थियो । यो आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । मुख्य कार्यालय भने बागलुङको ढोरपाटनमा पर्छ । आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # बोलपत्र आह्वान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology