Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०८१ शुक्रवार • ०४:३३:१७ बजे
  • 559
    SHARES
  • बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

    बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    images

    बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् ।

    कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो ।

    ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । बेपत्ता कमलको खोजी भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुई जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology