कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले आयोजना गर्ने भलिबल प्रतियोगितामा दुई भुटानी टिम सहित १३ टिमले सहभागिता जनाउने भएको छ ।
कुवेतको फाहहिल स्पोर्टिङ क्लबको हलमा यही सेप्टेम्बर १३ तारिख शुक्रवारका दिन दुई भुटानी टिम सहित १३ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन । कुवेतमा नेपालीहरु द्वारा आयोजना हुने भलिबल प्रतियोगिताको हालसम्मकै सर्वाधिक पुरस्कार घोषणा गरिएको छ ।
कुवेतमा रहेका नेपालीसहित भुटानी टिमहरूको सहभागितामा गत बिहीवार सम्पन्न टाइसिटमा पहिले घोषणा गरिएको ४०१ केडी बाट बढाएर प्रथम पुरस्कार ५०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र राखिएको छ । त्यस्तै दोस्रो हुने टिमले ३०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्ने छ भने तृतीय हुने टिमले १५१ केडी, मेडल र प्रमाणपत्र हात पार्ने छ ।

प्रतियोगितामा खेलाडी र खेललाई व्यवस्थित र मर्यादित बनाउने प्रयास रहेको जनाउँदै उपाध्यक्ष ठकुरीले खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने स्पष्ट पारेका छन्। खेल संचालन १३ सेप्टेम्बर बिहान ८ बजे देखि हुने आयोजकले जनाएको छ । थप जानकारीको लागि मोबाईल नम्बर 60767749, 67726405, 51003611 मा सम्पर्क गर्न सकिने छ ।