Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोलाले बगाउँदा २ जनाको मृत्यु

खोलाले बगाउँदा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०८१ सोमवार • ०६:०४:१७ बजे
  • 781
    SHARES
  • खोलाले बगाउँदा २ जनाको मृत्यु

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए ।

    रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन् । उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो ।

    सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

    घटनास्थलको मुचुल्का गरी शवलाई सदरमुकाम ल्याइएको छ । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # २ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology