Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०८१ बुधवार • ०६:४२:०८ बजे
  • 865
    SHARES
  • खुर्पा प्रहार गरी श्रीमतीको हत्या

    बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् ।

    images

    निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

    डीएसपी सापकोटाका अनुसार आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

    डीएसपी सापकोटाका अनुसार मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो । चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो ।

    श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए । त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले बताए ।

    श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले बताए ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology