Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धनगढीमा मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

धनगढीमा मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०८१ शनिवार • ०६:००:२८ बजे
  • 1.1K
    SHARES
  • धनगढीमा मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

    धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।

    images

    शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।

    उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ । बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।

  • सम्बन्धित विषय:

  • # बीओपी भवन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology