Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोशी खोलाले करिब १० पक्की घर बगायो

रोशी खोलाले करिब १० पक्की घर बगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०८१ शनिवार • ०६:३९:३२ बजे
  • 700
    SHARES
  • रोशी खोलाले करिब १० पक्की घर बगायो

    काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी करिब १० घर बगाएको छ ।

    images

    शनिवार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको उनले बताए ।

    उनले भने– ‘रोशी खोला किनारामा रहेका लगभग १०–१२ घर बाढीले बगाएको छ । बिहानको समयमा बगाएको भएर मानवीय क्षति भएको छैन होला तर पक्की घरहरु बगाएको छ ।

    उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ छ तर बाटो बिग्रिएको कारण जान सक्ने अवस्था छैन । त्यस क्षेत्रमा फोन गर्न पनि अहिले नेटवर्क नलागेकोले घटनाको अवस्था बुझ्न सकिएको छैन ।

    त्यो ठाउँ सुरक्षित नै भएपनि बाढीले जमिन कटान गर्दै घर ढालेर बगाएको छ ।’

  • सम्बन्धित विषय:

  • # १० पक्की घर बगायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology