Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०८१ आइतवार • ०४:२९:४६ बजे
  • 1.1K
    SHARES
  • गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

    गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ ।

    images

    शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।

    ‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘त्यसदेखि यता सम्पर्क हुन सकेको छैन ।’ उनका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए । बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सम्पर्कविहीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology