Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०८१ आइतवार • ०४:४२:४२ बजे
  • 1.0K
    SHARES
  • बाढी हेर्न खोलामा गएका दुई जनालाई बगायो

    बाढीको चपेटामा परी महोत्तरीका दुई युवकले ज्यान गुमाएका छन् ।

    images

    सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।

    यसैबिच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # बाढी हेर्न खोला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology