Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०८१ आइतवार • ११:११:१८ बजे
  • 526
    SHARES
  • बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

    बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो ।

    images

    मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ ।

    प्रहरीले घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ । बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन लागिपरेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ । यस्तै अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध बनेको र खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # ५५ जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology