Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०८१ मंगलवार • ०५:४७:३५ बजे
  • 640
    SHARES
  • झ्याप्ले सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक

    काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

    images

    अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् । मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘पहिरो पन्छाएर दुईतर्फी नै सड्क सञ्चालनका लागि दुई घण्टा सवारी साधन चलाउन रोक लगाइएको हो ।’

    धुनिवेशी नगरपालिका स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।

    ३ वटा सवारी साधन पुरिएको ठाउँमा प्रहरीले प्राथमिकताका आधारमा एकतर्फी सवारी सञ्चालन गरिरहेको छ । एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिएर सञ्चालन गरिएको एसपी सुवेदीले बताए ।

    उनले भने, ‘काठमाडौँ भित्रिने र बाहिरिने एम्बुलेन्स, यात्रुवाहक सवारी र खाद्यान्न बोकेका सवारी सधानलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ ।’ बामगती प्रदेश प्रहरी कार्यालयले सो क्षेत्रमा सवारी व्यवस्थापन गर्न एसपी सुवेदीको नेतृत्वमा टोली परिचालन गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सवारी सञ्चालनमा रोक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology