Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुग्लिन नारायणगढ सडकखण्डमा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

मुग्लिन नारायणगढ सडकखण्डमा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०८१ आइतवार • ०५:२३:२८ बजे
  • 592
    SHARES
  • मुग्लिन नारायणगढ सडकखण्डमा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

    चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।

    images

    घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

    घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो ।

    घाइते यात्रु बसका हुन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ । दुवै सवारी आफ्नो गन्तब्यतर्फ लागेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology