Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी

हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०८१ सोमवार • ०४:४६:३० बजे
  • 718
    SHARES
  • हेवाखोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालनको तयारी

    एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भएको छ । गत शनिबारको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यातायात अवरुद्ध छ ।

    images

    सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ‘ह्युम पाइप’ प्राप्त गरी शनिबार बिहानैदेखि काम भइरहेको छ ।

    यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जानआउन सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने भक्तजनको सङ्ख्या घटेको छ । गत वर्ष पनि बाढीले यहाँको पक्की पुल बगाएको थियो । त्यसपछि सडक विभागले बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गरेको थियो ।

    पाँचथरको फिदिम नगरपालिका र सुरक्षा निकायले फड्के निर्माण गरेर पैदल यात्राका लागि बाटो खोलेका छन् । यातायात अवरुद्ध हुँदा सबैभन्दा धेरै ताप्लेजुङको जनजीवन प्रभावित भएकाले तत्काल यातायात सञ्चालन गर्न पाँचथरसहित सम्बन्धित निकायसँग सहकार्य र समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

  • सम्बन्धित विषय:

  • # सञ्चालनको तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology