Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बस दुर्घटनामा २ पुरुषको मृत्यु

बस दुर्घटनामा २ पुरुषको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०८१ मंगलवार • ०६:१८:५६ बजे
  • 538
    SHARES
  • बस दुर्घटनामा २ पुरुषको मृत्यु

    सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुषको मृत्यु भएको हो ।

    images

    बुद्धिमानको साथमा भएको एटिएम कार्ड र खोटाङ यातायात प्रालिको टिकटको आधारमा पहिचान भए पनि अर्का मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

    सोमबार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएको थियो ।

    दुर्घटनामा चालक सहित ४५ जना घाइते भएका थिए । २८ जना भने उपचार भएपछि घर फर्किएका छन् । बाँकी घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।

    घोपा अस्पतालमा १२ जना, जानकी हेल्थ केयरमा ४ जना र कपिलाकोट स्वास्थ्य चौकीमा १ जनाको उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # २ पुरुषको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology