Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्यटक लोभ्याउँदै गुल्मीको टिमुरे ताल

पर्यटक लोभ्याउँदै गुल्मीको टिमुरे ताल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०८१ बिहिवार • ०४:३१:०१ बजे
  • 691
    SHARES
  • पर्यटक लोभ्याउँदै गुल्मीको टिमुरे ताल

    गुल्मीको टिमुरे ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । टिमुरे ताल जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ रेमीमा पर्दछ । ताल भएको ठाउँबाट धौलागिरी, माछापुच्छ्रे लगायतका हिम–शृङ्खला, रेसुङ्गाजस्ता पर्यटकीय स्थलका साथै अन्य ठाउँहरु पनि अवलोकन गर्न सकिन्छ ।

    images

    टिमुरे ताल दशैं–तिहारको बिदामा घुम्नका लागि उपयुक्त गन्तव्य रहेको स्थानीय विष्णु अर्यालले बताए । पछिल्लो पटक देशका विभिन्न ठाउँसँगै विदेशी पर्यटक पनि टिमुरे ताल हेर्न पुग्ने गरेका छन् । टिमुरे होमस्टे र टिमुरे ताललाई जोड्दै पर्याप्त प्रचार गर्न सकेको खण्डमा प्रशस्त पर्यटकहरु आउने सम्भावना छ ।

    अहिले गाउँपालिकाले विभिन्न संरचना र संरक्षणका निम्ति कार्य गर्दै आएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । गाउँपालिकाले पालिका भित्रको उपयुक्त पर्यटकीय गन्तव्य भएकाले यसलाई महत्व दिएर प्रवर्द्धनको काम गर्दै आएको केसीको भनाइ छ । समुद्र सतहबाट २२ सय मिटर उचाइमा रहेको टिमुरे तालमा शान्तिपुर बजारबाट पैदल ३ घण्टा र गाडीमा ४५ मिनेटमा पुग्न सकिन्छ । तालभन्दा करिब ४ किलोमिटर तल रेमी गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।

    टिमुरे तालकै नामबाट ‘टिमुरे सामुदायिक होमस्टे’ नामकरण गरिएको हो । उक्त होमस्टे २०७६ सालबाट शुभारम्भ गरिएको हो । ९ घरमा सञ्चालन गरिएको होमस्टेमा एकपटकमा बढीमा ३० जनासम्म पाहुना राख्न सकिन्छ ।

    टिमुरे घुम्न आउनेहरुका लागि लक्षित गरेर ‘टिमुरे सामुदायिक होमस्टे’ले गाउँको अर्गानीक खानासँगै रमाइलो पनि प्रदान गर्ने स्थानीय सुजन रानाले बताए ।

  • सम्बन्धित विषय:

  • # गुल्मीको टिमुरे ताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology