Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रौतहटबाट पेस्तोलसहित एकजना पक्राउ

रौतहटबाट पेस्तोलसहित एकजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०८१ आइतवार • ०५:१६:०७ बजे
  • 622
    SHARES
  • रौतहटबाट पेस्तोलसहित एकजना पक्राउ

    रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन् ।

    images

    इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिए ।

    उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।

    प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एकजना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology