Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पसिना बगाएर होइन पावर चलाएर कमाइ हुन्छ नेपालमा ....

पसिना बगाएर होइन पावर चलाएर कमाइ हुन्छ नेपालमा ....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७७ मंगलवार • १९:१९:५७ बजे
  • 6.5K
    SHARES
  • पसिना बगाएर होइन पावर चलाएर कमाइ हुन्छ नेपालमा ....
    मुलुक समृद्ध भएन । नागरिकले स्वदेश मै बसि नङ्ग्रा खियाएर दुई छाक खाने बाताबरण देखिदैन । बेरोजगारी र गरिबी बढ्दै गएको छ । श्रम र श्रमिकको संमान त परै जाओस् श्रम अनुसारको पारिश्रमिक पनि छैन । विकास र समृद्धिका नारा नारामा मात्रै सिमित छन् । पद , पावर र पैसा भएकाले नियम कानुनलाई गुम्राहमा राख्न सक्छ । राजनैतिक आडमा जे गरेपनि हुन्छ । भ्रष्टाचार दिनप्रतिदिन मौलाएको छ । देश यस्तो व्यवस्थाले संचालित छ । यस्तो खालको राज्य व्यवस्थाले गरिब तथा आम नागरिकको हित गर्छ भनेर सोच्नु भ्रममा रहनु हो भनेर बुझ्दा फरक पर्दैन ।

    पिछडिएका चपेटामा परेका वर्गको अधिकार र भविस्यको बारेमा कसले सोच्ने ? को बोल्ने ? तपाईहरु मान्नुस वा नमान्नुस हामीले हाम्रो नेतृत्व जसलाई मानेर हिडेका छौँ ती व्यक्तिहरुबाट समाज परिवर्तन हुँदैन । जोकोहि लाइ यि व्यक्तिहरुबाट समाज परिबर्तन किन हुदैन भन्ने लाग्न सक्छ र यस्तो लाग्नु स्वभाविक पनि हो । हामीले जसलाई हाम्रो नेतृत्व नेता मानेका छौँ उसले यो राज्य व्यवस्थाबाट भरपुर फाइदा लिएको छ प्रचुर सम्पत्ति आर्जन गरेको छ उसले यस्तो फलदायी राज्य व्यवस्था विरुद्ध आवाज उठाउला त ? हाम्रो समाज र हाम्रो भविस्यको जिम्मा लिने व्यक्तिहरुले यसरी फाइदा उठाएका छन् यो राज्य संचालन व्यवस्थाबाट ।

    यो राज्य व्यवस्था यस्तो सिस्टमले चलाइएको छ, यो सिस्टममा टेकेर लुट्न चाहने हो भने खुन पसिना बगाएर मेहनत गर्नै पर्दैन । तर त्यो लुट्ने सिस्टम सम्म पुग्न राजनीतिक पहुँच हुनुपर्छ । हामी आम नागरिकले राज्यबाट सेवा सुविधा पाउने आशामा राज्यलाई कर, राजस्व तिर्छौँ । विडम्बना भन्नुपर्छ राज्यले नागरिकको सेवा सुविधाको लागि संचालन गरेको कुनै पनि सरकारी निकाय आम नागरिक प्रती जवाफदेही छैन । हरेक सरकारी निकाय लगभग ध्वस्त जस्तै छन् , बेकम्मा छन् । 

    राज्यले सरकारी बिद्यालयमा अर्बौं लगानी गर्छ तर उपलब्धि न्यून छ । सरकारी बिद्यालयमा शिक्षाको गुणस्तर झन्झन् खस्केको छ ।  किन यस्तो भएको होला त ? कसरी यस्तो भयो होला ? हामीले जसलाई हाम्रो समाज सुम्पेको छौँ, हामीले जसलाई हाम्रो भविस्य सुम्पेको छौँ, जो हाम्रो नेता हुन् उनीहरुले निजि प्राइभेट बोर्डिङ स्कुल संचालन गर्छन् । आफ्नो रोजिरोटी खोसिने राजनीति पनि कसैले गर्छ ? यो त साधारण उदाहरण मात्रै हो ।

    सरकारले गाउँ गाउँ मोटरबाटो जोड्ने भन्यो । हाम्रा नेताहरू मिलेर ग्रुप बनाएर डोजरमा लगानी गरे केही नेताकार्यकर्ताहरु ठेकेदार पनि बने । राज्यलाई राम्रै सँग दोहन गरे । सरकारले जलविद्युतमा लगानी गर्न जोड दियो हाम्रा नेताहरू खोला झोलामा बोकेर हिडे । केही जलविद्युत परियोजनाहरु त राम्रै भए केहिले लाइसेन्स देखाएर नागरिकलाई झुक्याएर गाडी चडेर हिडे । अब सरकारले कृषिमा अर्बौं लगानी गर्दै छ भन्ने सुनेपछि हिजो सम्म जग्गा दलाल गर्ने नेता जि हरु आज नमुना कृषक हुदैछन् । यी नेताहरूको झोलामा हिजोआज कृषि फम छ ।  लाखौं, करोडौं अनुदान बुझ्ने कागजपत्र छन् । यी नेताहरूले सिस्टममा टेकेर राज्यलाई खुल्लेआम लुट्दै छन् ।

    यो राज्य व्यवस्थाले आम नागरिकको हित गर्दैन । आम नागरिक जो पीडित छन् , शोषित छन् , चपेटामा पारिएको छ तिनलाई बोल्न नसक्ने गरि जन्जिरले बाँधिएको छ । जसलाई हाम्रो समाज र हाम्रो सन्तानको भविस्य दिएका छौँ तिनले यो राज्य व्यवस्थाबाट भरपुर फाइदा लिएका छन् ती यो राज्य व्यवस्था परिवर्तनको कुरा गर्ने कुरै भएन । समाज बनाउने हो । भावी पुस्तालाई सभ्य समाज दिने हो भने यस्तो खालको प्रवृत्ति भएका नेतालाई बहिस्कार गरौँ । अन्याय सहनु पनि अपराध हो ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology