Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०८१ आइतवार • ०६:२९:२४ बजे
  • 838
    SHARES
  • जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

    नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका छन् ।

    images

    च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो । बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

    उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जंगली च्याउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology