Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्ली विश्वकै प्रदुषित सहर, काठमाडौँ १८ औँ स्थानमा

दिल्ली विश्वकै प्रदुषित सहर, काठमाडौँ १८ औँ स्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०८१ सोमवार • ०७:०३:१७ बजे
  • 709
    SHARES
  • दिल्ली विश्वकै प्रदुषित सहर, काठमाडौँ १८ औँ स्थानमा

    भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदुषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ ।

    images

    त्यसपछि पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडान नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । लाहोरको एक्युआई २२० रहेको छ। यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित सहरको छैटौँ स्थानमा रहेका छन् ।

    यसैगरी भियतनामको होनाइ सातौ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलनबाटर दशौँ स्थानमा रहँदा काठमाडौँ पनि अठारौँ स्थानमा परेको छ ।

    तिहारमा पड्काइएको पटाकाका साथै घुलो धुवाका कारण काठमाडौँमा प्रदुषण बढेको बताइएको छ । काठमाडौँको प्रदुषण सूचक ११३ एक्युआई रहेको छ । काठमाडौँमा प्रदुषण अत्यधिक हुने भएपनि सरोकारवाला निकायले न्युनीकरणमा खासै पहल गरेको पाइँदैन ।

  • सम्बन्धित विषय:

  • # १८ औँ स्थानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology