Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०८१ मंगलवार • ०४:२५:३४ बजे
  • 559
    SHARES
  • नदीमा डुबेर २ बालिकाको मृत्यु, एक बेपत्ता

    जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

    images

    स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले जानकारी दिए ।

    रायका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छिन् ।

    बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु, एक बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology