Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, २ जनाको मृत्यु, ३० बढी घाइते

देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, २ जनाको मृत्यु, ३० बढी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०८१ मंगलवार • ०४:३९:१८ बजे
  • 865
    SHARES
  • देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, २ जनाको मृत्यु, ३० बढी घाइते

    अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको दुर्घटनामा परेर ३० जना बढी घाइते भएका छन् । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो खेलिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

    बसको एक्कासि ब्रेक फेल भइ बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लले बताए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सीमाना जयठाटीमा १५/१६ भैलोका टिम नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेश प्रसाद भण्डारीले बताए ।

  • सम्बन्धित विषय:

  • # ३० बढी घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology