Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०८१ बुधवार • ०४:३३:२२ बजे
  • 832
    SHARES
  • विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बुधबार बिहान जानकारी दिए ।

    images

    एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ रइ नोङ फुलाई उक्त सुनससहित नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

    उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सो सुन फेला परेसँगैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

    नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology