Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि

कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७७ बुधवार • १२:१९:०९ बजे
  • 1.7K
    SHARES
  • कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि

    एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका बारेमा थुप्रै प्रश्नहरु उब्जिने गरेका छन भने नयाँ नयाँ जानकारीहरु आउने क्रम पनि जारी छ ।

    images

    त्यही सन्दर्भमा कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि भएको छ ।

    कोरोना भाइरस मानव छालामा कति समय सम्म बाँच्न सक्छ ? भन्ने बारेको अनुसन्धानमा जापानको क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरुले अध्ययन गरेका हुन ।

    अनुशन्धानका क्रममा वैज्ञानिकहरुले बायोलोजिकल डिजाइनिङबाट तयार पारिएको कृत्रिम छालामा कोरोना भाइरसको प्रयोग गरेका थिए ।

    स्वस्थ स्वयं सेवकहरुलाई भाइरसको संक्रमण नहोस भन्दै कृत्रिम छालाको प्रयोग गरेका हुन । वैज्ञानिकहरुले यो अध्ययनबाट इन्फ्लुएन्जा भाइरस मानव छालामा २ घण्टा भन्दा बढी बाँच्न नसक्ने तथ्य पत्ता लगाए ।

    तर कोरोना भाइरस ९ घण्टासम्म मानव छालामा बाँच्न सक्ने पुष्टि भयो । मानव शरीरको सबैभन्दा बढी चल्ने अंग हातमा संक्रमणको जोखिम अधिक हुन्छ ।

    तसर्थ यसबाट बच्नका लागि ८० प्रतिशत अल्कोहल मिश्रित सेनिटाइजरले मात्र १५ सेकेण्डमा कोरोना भाइरसलाई मार्न सक्ने वैज्ञानिकहरुले बताएका छन ।

    त्यस्तै कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले हात धुँदा पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन सकिन्छ ।

    ‘क्लिनिकल ईन्फेक्सियस डिजिज’ मा प्रकाशित यो अनुशन्धानमा संलग्न वैज्ञानिकहरुले कोरोना भाइरससंग जोगिनका लागि गुणस्तरीय सेनिटाइजर प्रयोग गर्न वा राम्ररी हात धुनु पर्ने बताएको डेलि मेलले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology