Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०८१ आइतवार • ०५:२३:१४ बजे
  • 745
    SHARES
  • २५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

    २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।

    images

    मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले भनेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् ।

    उनका अनुसार जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन् । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन् । कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् ।

    यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउँछन् । यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको अनुमान छ ।

    आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने छ ।

     

    Plus-2-Notice.jpg

  • सम्बन्धित विषय:

  • # परीक्षा दिन पाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology