Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०८१ बिहिवार • ०४:५०:२७ बजे
  • 556
    SHARES
  • काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर

    काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।

    images

    विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ । त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५, भरतपुको १ सय ६४ र शंकरपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ । आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ ।

    लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ । छिमेकी भारतको राजधानी शहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढेर गम्भीर श्रेणीमा पुगेको छ । बुधबार बिहान एक्यूआई ४ सयभन्दा माथि पुगेको छ । कतिपय स्थानमा यो ४५० भन्दा माथि पुगेको छ । यसलाई हावामा प्रदूषणको मात्रा गम्भीर तहमा पुगेको मानिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

    चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ । दिल्लीको प्रदूषण ४२३ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर छन् ।

  • सम्बन्धित विषय:

  • # छैटौं प्रदूषित सहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology