Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भक्तपुरमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

भक्तपुरमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०८१ शनिवार • ०७:५२:२६ बजे
  • 733
    SHARES
  • भक्तपुरमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

    भक्तपुरमा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    images

    मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रण भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुवाललाई थप उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

    त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा शुक्रबार राति निधन भएको थियो । ट्रयाक्टरमा सवार ४ जनाको भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

    डिस्चार्ज हुनेमा ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु, ७४ वर्षीय पूर्णकेसी शिल्पकार रहेका छन् । दुर्घटनामा घाइते भएका ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको नायब उपरीक्षक नेउपानेले बताए ।

  • सम्बन्धित विषय:

  • # पाँच जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology