Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भालुको आक्रमणबाट एक जनाको मृत्यु

भालुको आक्रमणबाट एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०८१ शनिवार • ०७:५९:२६ बजे
  • 1.1K
    SHARES
  • भालुको आक्रमणबाट एक जनाको मृत्यु

    सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।

    images

    आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो । शुक्रबार गोपिलालसहित ७र८ जना बाख्रा खोज्न जंगल पुगेका थिए ।

    सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर उनको गर्दनको हड्डी र हातको नाडी भाँचिन पुगेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमा मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology