Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०८१ आइतवार • ०४:४६:०४ बजे
  • 2.3K
    SHARES
  • १३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

    मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो ।

    images

    दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।

    डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे । दुवै गोल‌ दोस्रो हाफमा भएको थियो । जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रोहितले ७८औं मिनेटमा गोल थपे । रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् ।

    उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल गरेका हुन् । नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हा तपारेको हो । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो जित हो । लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो ।

    विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो । यसअघि नेपाल पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो । नेपला नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान गएको थियो ।

  • सम्बन्धित विषय:

  • # फगानिस्तानलाई हरायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology