Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीमतीद्वारा श्रीमानको हत्या

श्रीमतीद्वारा श्रीमानको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०८१ मंगलवार • ०५:४६:१६ बजे
  • 901
    SHARES
  • श्रीमतीद्वारा श्रीमानको हत्या

    रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

    images

    प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । गएराति अन्दाजी २ः३० बजे घरायसी विवादको कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    मृतकका छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक दीपेन्द्र रावलले दीपालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # श्रीमानको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology