Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रुखमा झुण्डिएको अवस्थामा मृत फेला परे धनबहादुर

रुखमा झुण्डिएको अवस्थामा मृत फेला परे धनबहादुर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०८१ बिहिवार • १३:०५:२४ बजे
  • 628
    SHARES
  • रुखमा झुण्डिएको अवस्थामा मृत फेला परे धनबहादुर

    पाल्पाको बगनासकाली गाउँपालिका ६ टोक्सेका ३९ वर्षीय धनबहादुर विक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी आफ्नो घरदेखि करिब ३० मिटर टाढाको एक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    images

    गएराति करिब साढे १२ बजे विक मृत फेला परेको र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

    यसैबीच पाल्पाको माथागढी गाउँपालिका १ अगाहखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । रुपन्देहीको भैरहवाबाट स्याङ्जातपर्फ जाँदै गरेको ग २ ख १००९ नम्बरको ट्रक आज बिहान साढे ४ बजे सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा ट्रक चालक स्याङ्जाको गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय सन्दिप सुनारी घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला परे धनबहादुर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology