Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमानी रियाल अब परिवर्त्य विदेशी मुद्रा

ओमानी रियाल अब परिवर्त्य विदेशी मुद्रा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०८१ शुक्रवार • ०५:१८:०९ बजे
  • 880
    SHARES
  • ओमानी रियाल अब परिवर्त्य विदेशी मुद्रा

    नेपाल राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको सूचीमा समावेश गरेको छ । हाल २० वटा मुद्रालाई परिवर्त्य विदेशी मुद्राको मान्यता दिएको नेपाल राष्ट्र बैंकले २१औं मुद्राका रूपमा ओमानी रियाललाई पनि परिवर्त्य विदेशी मुद्राको मान्यता दिएको हो ।

    images

    ओमानमा कार्यरत नेपाली संख्या बढ्दै गएकाले त्यहाँ कार्यरत नेपालीलाई सहजीकरण गर्न ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रामा समावेश गरेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

    नेपालमा सटहीका लागि अनुमति पाएका विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्राका रूपमा लिइन्छ । नेपालमा यसअघि २० विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका रूपमा थिए ।

    जसअन्तर्गत अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन चाइनिज युआन, साउदी अरब रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिंगिट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनार मुख्य छन् । भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ ।

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology