Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको उच्च जोखिम छ, दशैंमा काठमाडौं छोडेर गाउँ नजानु : सरकार

कोरोनाको उच्च जोखिम छ, दशैंमा काठमाडौं छोडेर गाउँ नजानु : सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७७ बुधवार • १५:५४:४९ बजे
  • 1.2K
    SHARES
  • कोरोनाको उच्च जोखिम छ, दशैंमा काठमाडौं छोडेर गाउँ नजानु : सरकार

    मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ।

    images

    सरकारका प्रवक्ता ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रणमा कमी आएपनि उपत्यकामा जोखिम बढिरहेको भन्दै उहाँले भन्नुभयो स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं। त्यो भएर यो कुरालाई ख्याल गरिदिनुहोला ।

    यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि सरकारको अनुरोध छ, उहाँले भन्नुभयो । प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गर्नुभएको हो ।

    स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology