Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र

उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०८१ आइतवार • ०४:१५:५५ बजे
  • 937
    SHARES
  • उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र

    जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ ।

    images

    गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको हो । गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती गिरीले भनिन्, ‘हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडक नाटक र गाउँबस्ती बस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायत काम निरन्तर भइरहेका छन् ।’

    बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरुवात गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिए । उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवद्र्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पु¥याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पु¥याउने विश्वास पालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

    सोही योजनाअनुरूप पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का) लाई पहिलो बधाई पत्र प्रदानसमेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।

  • सम्बन्धित विषय:

  • # बधाई प्रमाणपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology