Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कतारबाट फर्किएका जगदिश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

कतारबाट फर्किएका जगदिश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०८१ शुक्रवार • ११:५३:०२ बजे
  • 361
    SHARES
  • कतारबाट फर्किएका जगदिश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

    वैदेशिक रोजगारीबाट फर्किएका एक युवकलाई प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतारबाट फर्किएका सप्तरी, बोदेबरसाइन नगरपालिका–६ का २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश यादवलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

    images

    नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो । यादवले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत चिनजान भइ निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाइ चरित्र हत्या गरी दुःख दिएको भन्दै पीडितको जाहेरीका आधारमा कारबाही अघि बढाइएको ब्यूरोले जनाएको छ ।

    ब्यूरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालका अनुसार शनिबार सार्वजनिक बिदा परेकाले यादवलाई आइतबारमात्र अदालतमा उपस्थित गराइने छ ।

  • सम्बन्धित विषय:

  • # विमानस्थलबाटै पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology