Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हर्क साम्पाङको अभिव्यक्तिप्रति गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

हर्क साम्पाङको अभिव्यक्तिप्रति गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०८१ शुक्रवार • १२:०१:२७ बजे
  • 550
    SHARES
  • हर्क साम्पाङको अभिव्यक्तिप्रति गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । शुक्रबार धरान पुगेका गृहमन्त्रीलाई भेटेर सुनसरीका पत्रकारहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    images

    ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । ‘लोकतन्त्रमा प्रेस पूर्ण स्वतन्त्र हुनुपर्छ । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक हुन् । प्रेस स्वतन्त्रता रहेपछि लोकतन्त्र जीवन्त रहन्छ,’ ध्याकर्षण पत्र बुझ्दै लेखकले भने । कार्यक्रममा कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङ पनि सँगै थिए ।

    खोज पत्रकारिता केन्द्रका लागि धरानका पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा मेयर साम्पाङको कार्यशैलीबारे विस्तृत रिपोर्ट लेखेका थिए । तर, साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक सामाचारको एउटा सानो अंशलाई लिएर बिहीबार धम्कीपूर्ण सन्देश लेखेका थिए । ‘नत्र तँ …को यस्तो बेइज्जत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ।

    निकै फुरफुर गरिस् तिमेरूले ऐना हेर्दा थुक्ने बनाइदिन भने मेरो नाम हर्क साम्पाङ होइन’ उक्त रिपोर्टपछि मेयर साम्पाङले लेखेका थिए । यसको आधा घण्टापछि उनले फेरि फेसबुकमार्फत निर्देशनात्मक सन्देश लेखे, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछ, भने मेरो नाम हर्क साम्पाङ होइन ।’

    मेयर साम्पाङले बिहीबार पत्रकार सम्मेलन मार्फत पत्रकार दाहालले लेखेको रिपोर्टलाई झ्यास भन्दै पूरा पनि नपढेको प्रतिक्रिया दिएका थिए । मेयर साम्पाङको यही शैलीप्रति धरानका सञ्चारकर्मीले शुक्रबार मन्त्री लेखकलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।

  • सम्बन्धित विषय:

  • # ध्यानाकर्षणपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology