Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने

साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०८१ बिहिवार • ०४:४८:२३ बजे
  • 964
    SHARES
  • साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने

    सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ ।

    images

    ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ । साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ ।

    ९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ । खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बीबीसीले जनाएको छ ।

    त्यसैगरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपम आयोजना गर्नेछन् । प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन्।

  • सम्बन्धित विषय:

  • # फुटबल आयोजना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology