Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुम्लामा हिउँमै बसेर पढ्दैछन् बालबालिका

हुम्लामा हिउँमै बसेर पढ्दैछन् बालबालिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०८१ बिहिवार • ०४:५७:४१ बजे
  • 715
    SHARES
  • हुम्लामा हिउँमै बसेर पढ्दैछन् बालबालिका

    हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् । हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका हुन् । जिल्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ ।

    images

    कक्षा भित्र झन् बढी जाडो हुने भएकाले सबै कक्षा बाहिर हिउँ जमेको चौरमै सञ्चालन भइरहेका छन् । हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए ।

    ‘मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प छैन’, उनले भने । विद्यालयले चौरमा बाल विकासदेखि कक्षा दशसम्मका झण्डै ३०० विद्यार्थीलाई राखेर पढाइरहेको छ ।

    हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।

  • सम्बन्धित विषय:

  • # बालबालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology