Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१३ औं दक्षिण एसियाली खेलकुद साग

१३ औं दक्षिण एसियाली खेलकुद साग अर्न्तगत ब्याडमिन्टनको सामान खरिदमा अनियमितता

१३ औं दक्षिण एसियाली खेलकुद साग अर्न्तगत ब्याडमिन्टनको सामान खरिदमा अनियमितता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २१, २०७७ बुधवार • १७:४६:२८ बजे
  • 1.6K
    SHARES
  • १३ औं दक्षिण एसियाली खेलकुद साग अर्न्तगत ब्याडमिन्टनको सामान खरिदमा अनियमितता
    १३ औं दक्षिण एसियाली खेलकुद साग अर्न्तगत ब्याडमिन्टनको सामान खरिदमा अनियमितता भएको निश्कर्ष निकालिएको छ । सागमा ब्याडमिन्टन खेलाडीका लागि खरिद गरिएको जुत्ता र म्याटमा अनियमितता भएको भन्दै छानबिन समितिले निश्कर्ष निकाकलेको हो ।

    युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दिएको निर्देशन अनुसार राखेपले गत महिना सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा अनियमितता छानबिन समिति गठन गरेको थियो । समितिले गत महिनादेखि नै अनियमितताको छानविन सुरु गरेको थियो । 

    छानबिन समितिले खेलाडीको सामग्री खरिदमा अनियमितता भएको निश्कर्षसहित मंगलबार राखेपमा प्रतिवेदन बुझाएको छ । सबै विषयको अध्ययन गरेर मंगलबार राखेपलाई प्रतिवेदन बुझाएको भट्टराईले जानकारी दिए । 

    खेलाडीले आफूले पाएका सामग्री निकै कमसल भएको बताएपछि र फर्जी बिल पेश गरेको भन्दै ब्याडमिन्टनका पदाधिकारीबाटै परेको उजुरीको आधारमा राखेपले छानबिन थालेको थियो । 

    भट्टराईले छानबिन अनियमितता पाइएको र फर्जी बिल कसरी पारित भयो भन्‍ने अर्को चिन्ताको बिषय भएको बताए । छानबिन समितिमा भट्टराईसहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल र पासाङ शेर्पा सदस्य रहेका थिए । हामीले यो  समाचार बाह्रखरीबाट साभार गरेका हौ ।

    जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता,ब्याडमिन्टनको म्याट गुणस्तरहिन

    समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता भएको देखिएको बताएको छ । जुत्ता किन्न खेलाडीको पैसा निकासा भएको तर खेलाडीले सामान नपाएको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

    समितिले ब्याडमिन्टनको म्याट खरिदमा समेत अनियमितता भएको निष्कर्ष निकालेको छ । ब्याडमिन्टनको म्याट  गुणस्तरहिन पाइएको छ । पैसा अनुसारको सामान देखिएको छैन । समितिका सदस्य छानविनको क्रममा स्थलगत निरिक्षणका लागि पोखरा समेत पुगेका थिए । निरिक्षणको क्रममा म्याटको दुर्दशा देखेर आफूहरु चिन्तित बनेको समितिका अर्का एक सदस्यले बताए ।

    म्याट खरिदमा लगाईएको आरोपमा आंशिक सत्यता देखिएको छ । तर पोखरामा निरिक्षणको क्रममा ब्याडमिन्टनको हलमा पानी चुहिएको देखियो । म्याट काम नलाग्ने अवस्थामा पुगेको छ । जति रकममा किनेपनि संरक्षण नहुँदा खेलकुद सम्पत्तीको बिजोग देखिन्छ । उनले भने । समितिले छानविनको क्रममा २३ जनासँग बयान लिएर ४१ पेजको प्रतिवेदन राखेप सदस्य सचिव समक्ष बुझाएको छ । समितिले सामान खरिद वितरणमा नीतिगत सुधारको सुझाव दिदै प्रक्रियागत भ्रष्टाचार देखिएको निष्कर्ष निकालेको हो ।

    समितिले प्रतियोगिताको दौरानमा राखेप र संघहरु बीच समन्व्यको प्रष्ट अभाव देखिएको बताएको छ । संघका पदाधिकारीसँग छानविनका क्रममा सोधपुछ गर्दा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएको छ । सबै काम राखेपका कर्मचारीले गरेको हुँदा त्यसको जिम्मेवार पनि उनीहरु नै हुने संघका पदाधिकारीको बयान छ ।

    परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले सागमा ब्याडमिन्टनमा खेलाडीको जुत्ता तथा म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि मन्त्रालयको निर्देशनमा राखेपले छानविन समिति गठन गरेको थियो ।

    प्रतियोगिता सम्पन्न भएको १० महिना बिते पनि राखेपले सागको खर्च विवरण सार्वजनिक गरेको छैन । कार्यविधिले प्रतियोगिता सम्पन्न हुने बित्तिकै खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । हामीले यो  समाचार केन्द्रबिन्दुबाट साभार गरेका हौ ।


    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology