Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २९, २०८१ शनिवार • ०५:४०:०७ बजे
  • 583
    SHARES
  • काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

    निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ । आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए ।

    images

    यो तापक्रम वर्षकै सबैभन्दा कम हो । शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो । आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ ।

    काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन । केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ ।

    केही दिन यस्तो जाडो कायमै रहने पूर्वानुमान गरिएको मौसमविद् अधिकारीले बताए । अघिल्लो साता ७ डिग्री सेल्सियस वरिपरि रहेको न्यूनतम तापक्रम केही दिनमै २ डिग्री सेल्सियसमा पुगेको हो । जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ ।

    जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ । मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ । त्यसले गर्दा पनि जाडो बढेको छ । आगामी सोमबारदेखि उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना भएकोले जाडो अझै बढ्ने अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # २ डिग्रीमा झर्‍यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology