Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०८१ बुधवार • ०७:३०:०२ बजे
  • 775
    SHARES
  • स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

    काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् ।

    प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # ४ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology