Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते गर्ने निर्णय

प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०८१ बिहिवार • ०४:५३:४० बजे
  • 490
    SHARES
  • प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते गर्ने निर्णय

    प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ ।

    images

    आज बिहान भर्चुअल रुपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो । त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

    त्यसपछि माघ १५ गते स्थापना दिवसकै दिन केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

    राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । यसअघि २०७८ सालको मंसिरमा चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा (जुगल) अध्यक्ष चुनिएका थिए ।

  • सम्बन्धित विषय:

  • # १५ गते गर्ने निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology