Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुकुरको टोकाइबाट ५ जना घाइते

कुकुरको टोकाइबाट ५ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८१ सोमवार • ०५:३१:१९ बजे
  • 775
    SHARES
  • कुकुरको टोकाइबाट ५ जना घाइते

    सिरहाको गोलबजारमा भुस्याहा कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन्। गोलबजार नगरपालिका १२ बेतौनामा झुस्याहा कुकुरको टोकाइबाट ५० वर्षीय सुधराम मण्डल, ६० वर्षीय देविका राम, ४५ वर्षीय कपलेशरी देवी मण्डल, २३ वर्षीय विजय मण्डल र एक १६ वर्षिया बालिका, घाइते भएका हुन्।

    images

    गाउँ घर आँगनमै बसिरहेको अवस्थामा गत बिहीबार एउटै कुकुरले पाँच जनालाई पालैपाटो झम्टेर टोकेको स्थानीय रामदेव यादवले जानकारी दिए। उनका अनुसार घाइतेहरूको सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पताल र जनकपुरमा उपचार भइरहेको छ।

    भुस्याहा कुकुरहरुले चरनमा रहेका १० वटा बाख्रा र बाख्राका पाठा पाठीसमेत खाइदिएको स्थानीयले जानकारी दिए। कुकुरले प्रदीप मण्डल, नागेर मण्डलसहित व्यक्तिहरूको १० वटा बाख्रा मारेर खाएको बताए। कुकुरको आक्रमणपछि स्थानीय त्रसित भएका छन्।

  • सम्बन्धित विषय:

  • # ५ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology